नेपाली कांग्रेस रोल्पाको एक महिने अभियान समापन समारोह सम्पन्न

सुर्य प्रकाश बुढामगर

राजेश नेपाली नेटवर्क, चैत्र २९ । नेपाली कांग्रेस रोल्पाको एक महिने अभियान समाप्न समारोह सम्पन्न भएको छ। घर–घर जाऔं कांग्रेस जिताऔं अभियानको एक कार्यक्रमको बीच रोल्पामा समाप्न गरिएको हो।नेपाली कांग्रेस रोल्पाका सभापति किशोर कुमार आचार्यको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथीमा नेपाली कांग्रेसका केन्द्रिय सदस्य गेहेन्द्र गिरी रहनु भएको थियोे। भने अतिथीहरुमा नेपाली कांग्रेस रोल्पाका सस्थापक सभापति पूर्व राज्य मन्त्री सुरेन्द्र हमाल,नेपाली कांग्रेस लुम्बिनी प्रदेश समिति सदस्य अमाप्रसाद भण्डारी,नेपाली कांग्रेस लुम्बिनी प्रदेश समिति सदस्य सुवास केसी,नेपाली कांग्रेस लुम्बिनी प्रदेश समिति सदस्य टेकबहादुर बस्नेत,पूर्व सहायक मन्त्री भिम कुमारी बुढामगर,पूर्व सांसद लेखनाथ आचार्य,पूर्व सभापति माधव प्रसाद आचार्य,पूर्व सभापति कृष्ण बहादुर घर्तीमगर,प्रत्यासी सभापतिका वरिष्ठ सदस्य मान बहादुर खत्री,नेपाली कांग्रेस दाङ जिल्ला कार्य समिति सदस्य गेहेन्द्र वली,प्रदेश क्षेत्र १ ९ क० का क्षेत्रीय सभापति दुर्गा बहादुर खड्का,प्रदेश क्षेत्र २(ख)का क्षेत्रीय सभापति गोपाल घर्तीमगर,राष्ट्रिय भूमिआयोग रोल्पाका सदस्य मोहन परियार,राष्ट्रिय भूमिआयोग रोल्पाकि सदस्य श्रीकुमारी रोका र नेपाल प्रेस युनियन रोल्पाका अध्यक्ष लोकेन्द्र चन्द लगाएतको आतिथ्यता रहेको थियोे।


नेपाली कांग्रेस रोल्पाका जिल्ला सह(सचीव गञ्ज बहादुर क्षेत्रीको स्वागत मन्तव्यबाट सुरु भएको समाप्न कार्यक्रममा जिल्ला कार्यसमितिका पदाधिकारीहरु,महासमितिका पूर्वसदस्यहरु,जिल्ला कार्यसमितिका पूर्व सदस्यहरु,पालिकाका सभापतिहरु, वडाका सभापतिहरु,भातृ तथा संस्थाका प्रमुख प्रतिनिधिहरु र नेपाली कांग्रेस बाट निर्वाचित जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियोे । 



नेपाली कांग्रेस पार्टीको केन्द्रको निर्णय अनुसार फागुन २७ गते सुरु भएको थियो भने जिल्लामा फागुन २९ गतेदेखि सुरु भएको थियोे।नेपाली कांग्रेस पार्टी केन्द्रले १ महिनासम्म जनताका घर(घरमा जान आग्रह गरेको थियोे।अभियानमा मुख्य तिन उद्देश्य लिएर सुरुवात गरिएको थियोे जसमाूघर(घर जाऔं नेपाली कांग्रेस जिताऔं,उम्मेदवारहरुको मतदान सर्वेक्षण र जनतामा भएको एमसीसी   मा भएको भ्रमलाई चिर्नूलगाएतका एजेन्डा रहेको थियो।कार्यक्रमको सञ्चालन नेपाली कांग्रेस रोल्पाका जिल्ला सचीव तिलक बहादुर बुढाथोकीले गर्नु भएको थियोे। 

Post a Comment

0 Comments