राजेश नेपाली नेटवर्क, चैत्र २९ । अघिल्लो निर्वाचनमा भन्दा यस पटक रोल्पामा २८ हजार १ सय ८३ जना मतदाता थपिएका छन्। २०७४ सालको स्थानीय निर्वाचनमा जम्मा १ लाख १७ हजार २ सय ६१ रहेको रोल्पाको मतदाता संख्या अहिले बढेर १ लाख ४५ हजार ४ सय ४४ पुगेको हो ।
जसमध्ये पुरुष ७१ हजार ९ सय ३४ र महिला ७३ हजार ५ सय १० रहेको जिल्ला निर्वाचन अधिकारी धृताकुमारी केसीले जानकारी दिनुभएको छ ।
जिल्लाका स्थानीय तहगत विवरणमा हेर्दा सबैभन्दा धेरै मतदाता रोल्पा नगरपालिकामा रहेका छन् भने सबैभन्दा कम थबाङ गाउँपालिकामा रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।।

0 Comments