झापामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गयाे

राजेश नेपाली नेटवर्क, चैत्र २८ । झापामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गएको छ । 

झापाको बिर्तामोड नगरपालिका–२ रामचोकमा गएराति ट्रकको ठक्करबाट २९ वर्षीय सम्यम बजगाईँको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले ना ६ ख ६४५५ नम्बरको ट्रकले बा १५ प ८२०२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको जानकारी दिनुभयो । 



दुर्घटनामा मोटरसाइकल चालक बजगाईं गम्भीर घाइते हुनुभएको थियो । उहाँको बिर्तामोडमा रहेको बीएण्डसी अस्पतालमा उपचारका क्रममा ज्यान गएको हाे।

ट्रक चालक फरार भएका र उनकाे खोजी भइरहेको प्रहरीले जनाएको छ।

Post a Comment

0 Comments