नेपालमा काेराेनाका सक्रिय सङ्क्रमितको सङ्ख्या ५ सयभन्दा तल झर्‍याे

राजेश नेपाली नेटवर्क, १ बैशाख ।  नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच सयभन्दा तल झरेको छ । पछिल्लो २४ घण्टामा ४४ जना निको भएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या चार सय ७९ मा झरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

कोरोना भाइरसको तेस्रो लहर उत्कर्षमा पुग्दा गएको माघ दोस्रो हप्ता ९० हजार नाघेको सक्रिय सङ्क्रमितको सङ्ख्या आज पाँच सयभन्दा तल झरेको हो । 

यसैबीच पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन गरी तीन हजार तीन सय ४२ जनाको नमुना परीक्षण गर्दा चार जनामा सङ्क्रमण पुष्टि भएको छ । 



पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण कसैको पनि ज्यान गएकाे छन । यही अवधिमा ६१ हजार दुई सय ७८ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । 

Post a Comment

0 Comments