सोलुखुम्बुमा ट्रेकिङ गाइड मृत फेला

राजेश नेपाली नेटवर्क, १ बैशाख । सोलुखुम्बुमा एक जना ट्रेकिङ गाइड मृत फेला परेका छन् । वेयून  ट्रेकिङ  कम्पनीबाट सगरमाथा क्षेत्र पुगेका माप्य दूधकोशी वाकुका अन्दाजी वर्ष ३६ का तिङमा तेन्जी शेर्पा ५९ सय मिटर उचाइमा मृत अवस्थामा भेटिनु भएकाे जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 



मृतकको शव उद्धारका लागि हेलिकप्टर पठाइएको प्रहरीले जनाएकाे छ ।

मृतक शेर्पाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल फाप्लु ल्याइने प्रहरी नायब उपरीक्षक सुनिल जङ्ग शाहले जानकारी दिनुभयो । 

Post a Comment

0 Comments