तुलसीपुर उपमहानगरमा ९६ जनाकाे उम्मेदवारी फिर्ता

राजेश नेपाली नेटवर्क, १६ बैशाख । दाङमा पालिका चुनावका लागि उम्मेदवारी दिएकामध्ये एक सय ७६ जनाले मनाेनयन फिर्ता लिएका छन । दाङमा दुई हजार चार सय १२ जनाले उम्मेदवारी मनोनयन दर्ता गराएका थिए । 

चुनावी कार्यतालिकाअनुसार आज शुक्रवार बिहान १० देखि बेलुका ५ बजेसम्म उम्मेदवारी फिर्ताका लागि समय दिइएको थियो । त्याे समयमा उम्मेदवारी फिर्ताका लागि निवेदन दिएका एक सय ७६ जनाको मनाेनयन फिर्ता स्वीकृत भएको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ ।



मनाेनयन फिर्ता लिनेमा सबैभन्दा धरै तुलसीपुर उपमहानगरपालिकाका ९६ जना उम्मेदवार रहेका छन् । यस्तै घोराही उपमहानगरपालिकाका १८ जना, बबईबाट १४ जना, दंगिशरणबाट १३ जना, राप्तीबाट नाै जना, गढवाबाट आठ जना, लमहीबाट सात जना, राजपुर र शान्तिनगरबाट पाँच/पाँच जनाले उम्मेदवारी फिर्ता लिएका निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिए । 

भाेलि १७ गते शनिवार उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्ने कार्यतालिका रहेको छ । 

Previous Post Next Post