राजेश नेपाली नेटवर्क, १५ बैशाख । जिल्ला स्तरीय नागरिक समाज सञ्जालले निर्वाचनको प्रचारप्रसारमा राजनीतिक दलहरुले बालबालिकाको प्रयोग गरेको भन्दै उक्त कार्य नगर्न प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएको छ ।

ध्यानाकर्षण पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले चुनाव प्रचार प्रसारमा बालबालिकाको प्रयोग गर्न आचारसंहिताले नदिने र बाल अधिकार हनन हुने भएएकाले त्यसतर्फ सवै सचेत हुनुपर्ने बताउनुभयो । उहाँले उक्त विषयमा सरोकारवालालाई जानकारी गराउने बताउनुभयो ।