गठबन्धन सन्तोषजनक र सम्मानजन भएन : मन्त्री झाँक्री

राजेश नेपाली नेटवर्क, १२ बैशाख । नेकपा एकीकृत समाजवादीकी नेता रामकुमारी झाँक्रीले चुनावी गठबन्धन सन्तोषजनक र सम्मानजनक नभएको बताएउनुभएको छ ।

सहरी विकास मन्त्रीसमेत रहनुभएकी झाँक्रीले केही जिल्लाहरूमा एकीकृत समाजवादीविनै चुनावी तालमेल भइरहेका छन्। त्यसतर्फ संकेत गर्दै गठबन्धन सम्मानजनक नभएको बताउनुभएको हो ।



सामाजिक सञ्जाल फेशबुकमार्फत उहाँले गठबन्धनभित्र रहेका दलहरूका बीचमा पनि हार्दिकतापूर्ण वातावरण नबनेको बताउनुभयो ।

वार्ता र संवादमा दम्भ देखिएको उहाँको भनाइ छ। गठबन्धनभित्रकै केही नेताका अभिव्यक्ति सुन्दा यसको एकदिन हिसाव मिलान गर्नुपर्ने देखिएको उहाँले बताउनुभयो ।

उहाँले लेख्नुभएको छ, ‘गठबन्धन सन्तोषजनक र सम्मानजन भएन। गठबन्घनका दलहरूको विचमा हामीले आफै भित्र पनि हार्दिकतापूर्ण वातावरण बनाउन सकेनौ। हाम्रा वार्ता सम्वादमा केही दम्भ देखियो। यो विचमा गठबंधनका केही नेताहरूको अभिव्यक्ति सुन्दा लाग्छ एक दिन यसको हिसाव मिलान गर्नुपर्ने छ। बस !’

 

Capture.PNG

Previous Post Next Post