कांग्रेस पाल्पाले लगायो उम्मेदवारको टुंगो

राजेश नेपाली नेटवर्क, १२ बैशाख । नेपाली कांग्रेस पाल्पाले स्थानीय तहका उम्मेदवार टुंगो लगाएको छ । तानसेन नगरपालिकाको नगरप्रमुखको उम्मेदवारका लागि सन्तोषलाल श्रेष्ठ उम्मेदवार बनेका छन् । उप–प्रमुख पदमा भने माओवादीले प्रतिक्षा सिंजालीलाइ उम्मेदवार बनाएको छ ।रामपुर नगरपालिकामा रमणबहादुर थापा नगर प्रमुखको उम्मेदवार बनेका छन् छ । उप–प्रमुखमा बालकुमारी थापा उम्मेदवार बन्ने भएकी छिन् ।


निस्दी गाउँपालिकामा गोविन्द प्रसाद अर्याल, पूर्वखोला उपाध्यक्षमा बिष्णु कुमारी, रम्भा उपाध्यक्षमा बिष्णु कुमार थापा, माथागढी गाउँपालिका अध्यक्षमा सन्तोष थापा र उपाध्यक्षमा विजया भट्टराइ, वगनाशकाली गाउँपालिकामा सुनिता अधिकारी, रिब्दीकोट गाउँपालिकामा शान्ता अधिकारी, रैनादेवी छहरा गाउँपालिकामा रूक्मागत भट्टराइ र तिनाउँ गाउँपालिका उपाध्यक्षमा लालबहादुर थापालाइ उम्मेदवार बनाउने निर्णय भएको नेपाली कांग्रेस सूचना विभाग प्रमुख सन्तोष कुमार थापाले बताए ।

Previous Post Next Post