गठबन्धनले सहयोग नगरेको माधव नेपालको गुनासो

राजेश नेपाली नेटवर्क,  जेष्ठ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले गठबन्धनले सहयोग नगरेको गुनासो पोखेका छन् ।

नेकपा एकीकृत समाजवादी पार्टीले आयोजना गरेको मदन–आश्रीत स्मृति दिवसका कार्यक्रममा बोल्दै नेपालले चुनावमा गठबन्धन दलबाटै पनि धेरै ठाउँमा सहकार्य गर्न नचाहेको र धोका भएको गुनासाहरु आइरहेको भन्दै त्यसको पनि समीक्षा गरेर अघि बढ्ने बताए ।

नेता नेपालले अहिलेसम्म एक सय जति ठाउँमा वडाध्यक्ष जितेको र १५ देखि २० ठाउँमा पालिका जित्ने अनुमान रहेको भन्दै गठबन्धनले सोचे जस्तो सहयोग नगरको गुनासो गरेका हुन् ।

Previous Post Next Post