खराबहरुबिच प्रतिस्पर्धा : डा बाबुराम भट्टराई

राजेश नेपाली नेटवर्क,  जेष्ठ । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अहिले चुनावमा खराबहरुबिच प्रतिस्पर्धा भईरहेको बताए ।

भट्टराईले सामाजिक सञ्जाल ट्विटर मार्फत जनता स्थापित दलहरुसँग सन्तुष्ट नरहेको बताएका छन् ।


‘नौ भोटको प्रावधान नहुँदा र सत्तामा शुन्यता हुनसक्ने हुँदा पहिले एउटा खराबले जितेको ठाउँमा (भक्तपुर बाहेक) अहिले अर्का खराबलाई वा नयाँ व्यक्तिलाई जनताले मत हालेको’ भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन् ।

७५३ स्थानीय तहमा भएको निर्वाचनमा डा.भट्टराईको पार्टी जसपाले हालसम्म मात्र ३ पालिकाको प्रमुख जित्न सफल भएको छ ।

Previous Post Next Post