रोल्पाको लुंग्रीमा माओवादी र रुन्टीगढी गाउँपालिकामा कांग्रेस विजयी

नवीन लोचनमगर

राजेश नेपाली नेटवर्क,  जेष्ठ । रोल्पाको लुंग्री गाउँपालिकामा माओवादी र रुन्टीगढी गाउँपालिकामा कांग्रेस विजयी भएका छन् । लुंग्री गाउँपालिकामा यसअघिको कांग्रेस सत्ता उल्टाउँदै माओवादी केन्द्र विजयी भएको हो । विजयी माओवादीका भरतकुमार थापाले ४ हजार ९ सय ६४ मत प्राप्त गरेका छन् भने निकटतम प्रतिद्वन्द्वी कांग्रेसका जनक खड्काले ४ हजार २ सय ९९ मत प्राप्त गरी पराजित भएका छन् ।



गाउँपालिका उपाध्यक्षमा माओवादीका दिलकुमारी गुरुङले ४ हजार ७ सय ४० मत ल्याएर विजयी भएकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका मुन्नीदेवी रोकाले ४ हजार २ सय  ६६ मत ल्याएकी छन् । ७ वडा रहेको लुंग्रीमा १ र २ नेपाली कांग्रेसले जितेको छ भने ३,४,५,६ र ७ नम्बर वडा माओवादी केन्द्रले जितेको छ ।

त्यस्तै रोल्पाको रुन्टीगढी गाउँपालिकामा नेपाली कांग्रेसले जित हासिल गरेको छ । गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसबाट उम्मेदवार रहेका जनक पुनले ४ हजार ३ सय ९१ मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का गोविन्द पुनले ३ हजार ७ सय ८ मत ल्याई पराजित भएका छन् । यसअघि एमालेले जितेको उक्त गाउँपालिकामा यामबहादुर दशौंदी उम्मेदवार थिए । उनले ३ हजार ५ सय ८७ मतका साथ तेस्रोमा चित्त बुझाउनुपरेको छ ।

उपाध्यक्षमा पनि कांग्रेसकै सरिता केसी ४ हजार ४ सय ३७ मतका साथ विजयी हुँदा एमालेकी हस्तमाली बाँठाले ३ हजार ७ सय ८ र माओवादीकी कौशीला जीसीले ३ हजार ६ सय २८ मत लाइएका छन् । रुन्टीगढीमा गाउँपालिकामा रहेका ९ वटा वडाहरुमध्ये तीन दलले ३÷३ वटा वडा जितेका छन् ।

Previous Post Next Post