प्रधानमन्त्री कृषि आधुनिकीकरणका लागि ५ अर्ब ९० करोड विनियोजन

 राजेश नेपाली नेटवर्क, १५ जेष्ठ ।  सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका लागि पाँच अर्ब ९० करोड रुपैयाँ विनियोजन गरेको छ । आइतबार(आज) संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आउँदो आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले सो कुराको जानकारी दिनुभयो ।


यस्तै, कृषिको रूपान्तरण अभियानमा काम गर्ने प्रदेशलाई पाँच करोडका दरले प्रोत्साहन रकम उपलब्ध गराउने तथा आत्मनिर्भरताका लागि कृषि उत्पादन कार्यक्रमका लागि १० अर्ब रुपैयाँ विनियोजन गरिएको उहाँले जानकारी दिनुभयो ।
Previous Post Next Post