राजेश नेपाली नेटवर्क, १५ जेष्ठ । अर्थमन्त्री जनार्दन शर्माले संसदमा २०७९/८०को बजेट प्रस्तुत गर्दै हुनुहुन्छ ।
बजेट भाषण गर्दै शर्माले आगामी आर्थिक वर्षमा नेपालको व्यापारघाटा घटाउने रणनीति लिने बताउनुभएको छ ।
सरकारले आगामी आर्थिक वर्ष नेपालको आयात २० प्रतिशतले घटाउने लक्ष्य लिएको छ ।
उहाँले आगामी वर्ष धान, मकै, गहुँ र फलफूलको आयात ३० प्रतिशतले घटाउने र समग्र आयात २० प्रतिशतले घटाउने घोषणा गर्नुभयो । यस्तै, आगामी ५ वर्ष भित्रमा नेपालको वैदेशिक व्यापार घाटालाई सन्तुलनमा ल्याउने र त्यसका लागि निर्यात प्रोत्साहन गर्न सरकार लागि पर्ने समेत बताउनुभयो ।
भिडियोमा हेर्नुहोस् :
Social Plugin