राजेश नेपाली नेटवर्क, ८ जेष्ठ । नेपाल भ्रमणमा रहेकी अमेरिकी उपविदेशमन्त्री उज्रा जियाले प्रधानमन्त्री शेर बहादुर देउवासँग भेटवार्ता गरेकी छन्। आज प्रधानमन्त्री निवास बालुवाटारमा देउवा र जियाबिच छलफल भएको हो।
प्रधानमन्त्री निवास वालुवाटारमा भएको भेटमा नेपाल-अमेरिका सम्बन्ध र द्विपक्षिय हितका बिषयमा विचार आदान प्रदान भएको प्रधानमन्त्री देउवाले ट्विटमा जनाएका छन्। उनले आइतबारै परराष्ट्रमन्त्री नारायण खड्का र गृहमन्त्री बालकृष्ण खाणसँग भेट्ने कार्यक्रम छ।
तिब्बत मामिलासम्बन्धि विशेष संयोजक समेत रहेकी जिया दुई दिन अघि नेपाल आएकी थिइन्। भारत भ्रमण सकेर उनी काठमाडौं आएकी थिइन्। भारतमा रहँदा उनले दलाई लामासँग समेत भेट गरेकी थिइन्। उनको भ्रमणलाई लिएर चीनले चासोसमेत व्यक्त गरेको थियो।
तिब्बतको मामिलामा नेपाल एक चीन नीतिमा अडिग छ। यस्तो अवस्थामा तिब्बत मामिला हेर्ने उच्च अधिकारीको भ्रमणलाई महत्वका साथ हेरिएको छ। जियाले तिब्बती शरणार्थी शिविर र बौद्ध क्षेत्रको भ्रमण समेत गरेकी छिन्। भ्रमण सकेर उनी आजै अमेरिका फर्किने कार्यक्रम तय भएको छ।नेपाल भ्रमणमा रहेकी अमेरिकी उपविदेशमन्त्री उज्रा जियाले प्रधानमन्त्री शेर बहादुर देउवासँग भेटवार्ता गरेकी छन्। आज प्रधानमन्त्री निवास बालुवाटारमा देउवा र जियाबिच छलफल भएको हो।
प्रधानमन्त्री निवास वालुवाटारमा भएको भेटमा नेपाल-अमेरिका सम्बन्ध र द्विपक्षिय हितका बिषयमा विचार आदान प्रदान भएको प्रधानमन्त्री देउवाले ट्विटमा जनाएका छन्। उनले आइतबारै परराष्ट्रमन्त्री नारायण खड्का र गृहमन्त्री बालकृष्ण खाणसँग भेट्ने कार्यक्रम छ।
तिब्बत मामिलासम्बन्धि विशेष संयोजक समेत रहेकी जिया दुई दिन अघि नेपाल आएकी थिइन्। भारत भ्रमण सकेर उनी काठमाडौं आएकी थिइन्। भारतमा रहँदा उनले दलाई लामासँग समेत भेट गरेकी थिइन्। उनको भ्रमणलाई लिएर चीनले चासोसमेत व्यक्त गरेको थियो।
तिब्बतको मामिलामा नेपाल एक चीन नीतिमा अडिग छ। यस्तो अवस्थामा तिब्बत मामिला हेर्ने उच्च अधिकारीको भ्रमणलाई महत्वका साथ हेरिएको छ। जियाले तिब्बती शरणार्थी शिविर र बौद्ध क्षेत्रको भ्रमण समेत गरेकी छिन्। भ्रमण सकेर उनी आजै अमेरिका फर्किने कार्यक्रम तय भएको छ।