राजेश नेपाली नेटवर्क, १९ जेष्ठ । घर बाटा बेपत्ता एको झण्डै दुई महिना पछि रोल्पामा एक युवकको शव फेला परेको छ । रोल्पा नगरपालिका–१० धाङसी बस्ने राजकुमार रोकाका १८ वर्षीय छोरा भगवती रोका मगरको शव फेला परेको हो ।
रोल्पाका निमित्त जिल्ला प्रहरी प्रमुख प्रहरी निरीक्षक थमन जिसीका अनुसार उनी २०७८ चैत्र २४ गते घरबाट हिँडेका थिए । धेरै दिन सम्म घरमा नफर्किए पछि परिवारजनले वैशाख महिनामा खोज तलास गरी पाउँ भनी प्रहरीमा उजुरी दिएका थिए
सोही अनुरूप खोजतलास गर्दै जाने क्रममा सोही नगरपालिका–९ स्थित सुन प्रकाश बुढाको खाली गोठमा निजको शव सडेगलेको अवस्थामा फेला परेको प्रहरी निरीक्षक जिसीले बताउनुभएको छ । । घटनाको अनुसन्धान भइरहेको जनाइएको छ ।

0 Comments