बालेनले प्रधानमन्त्री देउवालाई दिए यस्तो जवाफ !

राजेश नेपाली नेटवर्क,  जेष्ठ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’ले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन् । बालेनले प्रधानमन्त्री निवास बालुवाटरामा पुगेर प्रधानमन्त्री देउवासँग भेट गरेका हुन् । 

भेटमा प्रधानमन्त्रीले महानगरले गर्ने राम्रा काममा सरकार र नेपाली कांग्रेसको साथ र सहयोग रहने बताएका थिए ।

महानगरको कार्यपालिकामा कांग्रेसको बहुमत छ, विकासको काममा सहयोग हुन्छ, फोहोर व्यवस्थापनका लागि जेजे उपाय हुन्छ लगाउनुहोला, देउवाले भनेका थिए ।

यस्तै साहले पनि सबैको सल्लाह, सुझाव र सहयोग लिएरनै काठमाडौंलाई नेतृत्व गर्ने आफ्नो चाहना रहेको भनेर प्रधानमन्त्री देउवालाई भनेका थिए ।

Post a Comment

0 Comments