रोल्पा,८ आश्विन । रोल्पामा सुतेको अवस्थामा एक जना मृत भेटिएका छन । रोल्प नगरपालिका वडा न.ं ४ वडा कार्यालय नजिकै चोक बहादुर सेन ठकुरी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ । मृतक रोल्पा जिल्ला सुनिल स्मृति गाउँपालिका वडा नं. ६ पानी पोखरीका हाल रोल्पा नगरपालिका वडा नं.४ हनुमान नगर बस्ने दिलमणी भण्डारीको घरमा कोठा बस्ने गरेको प्रहरीको भनाई छ ।
मृतक सेनले नेपाल टेलिकम रोल्पामा कर्मचारीका रुपमा काम गर्ने गरेको बताइएको छ । ५१ बर्षको सेन मृत अवस्थामा फेला परेपछि कोठामा बस्ने अन्यले प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय रोल्पाका डिएसपीको टोली त्यहा गएर अनुसन्धान गरेको थियो । के कारणले मृत्यु भएको हो भन्ने बारेमा अनुसन्धान जारी रहेको रोल्पा प्रहरीले बताएको छ ।

0 Comments