आजदेखि फूलपातीसम्म खुलामञ्चमा गाडी पार्किङको व्यवस्था

रोल्पा,८ आश्विन । काठमाण्डौको न्युरोड जाने चारपाङ्ग्रे गाडीलाई आजदेखि फूलपातीसम्म खुलामञ्चमा पार्किङको व्यवस्था गरिएको छ ।

न्युरोड गेटबाट भित्र जाने यात्रुवाहक, मालवाहक तथा निजी गाडीलाई खुलामञ्चमा पार्किङको व्यवस्था गरिए


को काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सूचना निकालेर जनाएको छ।


आजदेखि फूलपाती अर्थात आउँदो १६ गतेसम्म बिहान १० बजेदेखि बेलुकीसम्म नै गाडीको चाप हुने हुँदा ट्राफिक आइसलेन्ड राखिएको ठाउँबाट डाइभर्सन गरिएको छ।

आइसलेन्ड राखिएको ठाउँबाट डाइभर्सन गरी खुलामञ्चमा पार्किङको व्यवस्था मिलाइएको सूचनामा उल्लेख छ। 

Post a Comment

0 Comments