Ticker

6/recent/ticker-posts

Ad Code

Responsive Advertisement

ललितपुरको ग्वार्कोमा ट्रकले ठक्कर दिँदा पैदलयात्रीको ज्यान गयाे

रोल्पा,८ आश्विन । ललितपुरको ग्वार्कोमा ट्रकले ठक्कर दिँदा एक पैदलयात्रीको ज्यान गएको छ।

ट्रकको ठक्करबाट घाइते भएका सिन्धुलीका नरबहादुर कामीको ग्वार्कोको बीएनबी अस्पतालमा उपचारका क्रममा गएराति ज्यान गएको प्रहरीले जानकारी दिएको छ।

४२ वर्षका कामीलाई हिजो बेलुकी साढे सात बजे बाटो काट्ने क्रममा ट्रकले ठक्कर दिएको थियो।

ठक्कर दिने बा २ ख ८४ ९५ नम्बरको ट्रकका चालकलाई प्रहरी प्रभाव मङ्गलबजारले पक्राउ गरेको छ। 

ad