दुर्घटनामा घाईते २ जनालाई हेलिकप्टर मार्फत काठमाण्डौ ग्राण्डी अस्पताल लगियो

अस्मिता पुन बरेङ । बागलुङको जैमिनी नगरपालिका वडा नं. १० राङखानीमा शुक्रबार ध १ च ६२६२ नं.को पिकअप भ्यान दुर्घटना भएको छ ।

वर्ष ३९ का भरत पुन, वर्ष २५ का चुरा श्रीस सिकिस्त घाईतेलाई हेलिकप्टर मार्फत काठमाण्डौ ग्राण्डी अस्पतालमा लगिएको छ । वर्ष २५ का संजय रसायली र वर्ष ३५ का महेन्द्र नेपाली सामान्य घाईतेहरुलाई जैमिनी नगरपालिका वडा नं. १० राङखानी डाँडाखानी स्थित शहरी स्वास्थ विकास केन्द्रमा उपचार भैरहेको छ ।


पिकअप भ्यान विद्युतको सामान राङखानीको पर्यटकिय स्थल हाँडिकोटबाट फर्कने क्रममा दुर्घट्ना भएको वडा नं. १० राङखानीका वडा सदस्य फणिन्द्र थापाले ईपरी न्यूज बरेङलाई जानकारी दिएका छन् ।

गाडी मोटरबाटो भन्दा २ सय मिटर तल खसेको थियो ।

Post a Comment

0 Comments