असोज २८,रोल्पा । देशभर पछिल्लो २४ घण्टामा ४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । एक हजार ६९ वटा नमुना परीक्षण गर्दा ४२ जनामा संक्रमण पुष्टि भएको हो ।
बितेको सोही समयमा २६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै हाल देशभर सक्रिय संक्रमितको ६३८ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

0 Comments