रोल्पा । रोल्पामा मतगणनाका लागि १० बजेपछि सर्वदलीय बैठक बस्ने भएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतगणनाबारे छलफल गर्न राजनीतिक दलका प्रतिनिधिलाई १० बजेपछि बोलाइएको छ ।
मतगणनाबारे राजनीतिक दलका प्रतिनिधिसँग छलफलपछि मात्रै मतगणना सुरु गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
मतपेटिकाहरू सोमबार बिहान ७ बजेसम्म मतगणनास्थलमा आएका छन् । एक लाख ४५ हजार ४ सय ७१ मतदाता रहेको रोल्पामा ४६ प्रशित मत खसेको छ ।

0 Comments