दाङ १ : मेटमणि चौधरी विजयी

राेल्पा । दाङ क्षेत्र न १ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेकपा एकीकृत समाजवादीका मेटमणि चौधरी विजयी हुनुभएको छ । चौधरीले २६ हजार ५ सय ६३ मत प्राप्त गरि विजयी हुनुभएको छ ।


उहाँका निकटतम प्रतिस्पर्धि नेकपा एमालेकी उम्मेदवार शान्ता चौधरीले २१ हजार ४ सय ७१ मत ल्याउनु भएको छ । मेटमणि चौधरीले ५ हजार ८४ मतको अन्तरले एमाले उमेदवार शान्ता चौधरीलाई पराजित गर्नु भएको छ ।

त्यस क्षेत्रमा ७८ हजार ६ सय ९८ मत खसेको थियो ।

Post a Comment

0 Comments