सहकारी पिडितका संरक्षक कुशलव केसीले अनसनमै मनाए जन्मदिन

काठमाडौँ । सहकारी बचतकर्ता पिडितहरुको आवाज बनेका पत्रकार कुशलव केसीले आफ्नो जन्मदिन पनि अनसनमा बसेरै मनाएका छन् ।

गत ५० दिनदेखि काठमाडौको माइतीघर मण्डलामा अनसन बसिरहेका केसीले हिजो आफ्नो जन्मदिन पनि अनसनमै मनाएका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमा उहाँले लेख्नुभएको छ, “हामी अनसन र आन्दोलनका लागि माइतीघरमा बसेको आज ५० दिन भयो, तर सरकारले कुनै सुनुवाइ गरेको छैन, यही माइतीघर मण्डलामा मेरो जन्मदिन पनि यो धर्नाबाटै सकियो ।”

उहाँले सहकारी बचतकर्ताहरुको पीडाबाट पीडितलाई मुक्त गर्न नसक्दा सम्म आफूले जन्मदिन मनाउन नसक्ने उल्लेख गर्नुभयो । उनीहरुको पिडाको अगाडी आफू खुशी हुन नसक्ने उहाँको भनाइ छ ।

सहकारी पिडित महासंघका प्रमुख संरक्षक समेत रहेका केसीसहित दर्जनौ पिडितहरु गत जेठ २० गतेदेखि माइतीघर मण्डलामा चरणवद्ध अन्दोलन र अनसनमा छन् ।

सहकारी दर्ता गरी विदेशमा पैसा पठाउने, तर बचतकर्तालाई नदिने सहकारी सञ्चालकहरुलाई कारबाही हुनुपर्ने, सहकारीमा बचत गरेको रकमको सुरक्षा हुनुपर्ने, साँवा र व्याजसहित फिर्ता पाउनु पर्ने लगायतका माग आन्दोलनकारीहरुको छ ।

उनीहरुको मागका बारेमा सरकारी निकायसँग पटक पटक वार्ता भएपनि सहमती भने हुन सकेको छैन । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा दामोदर रेग्मीले सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय तहबाटै सहकारीका समस्या समाधान गर्नका लागि गृहकार्य भइरहेको बताए । उहाँले सङ्कटग्रस्त १२ मध्ये दुईवटा सहकारीको हिसाब राफसाफ गरेर बचतकर्ताको रकम फिर्ता गरिएको बताउनुभयो ।

सहकारी पीडित बचतकर्ता महासङ्घका संयोजक हरिशचन्द्र श्रेष्ठले देशभरिका ३२ हजार सहकारीमध्ये १४ हजार सहकारीबाट ठगिएका ७३ लाख नागरिकका पक्षमा आन्दोलन थालेको बताए । उनका अनुसार देशैभर ७३ लाख नागरिकको ६५ अर्ब रुपियाँभन्दा बढी रकम सहकारी सञ्चालकले ठगेको तथ्याङ्क छ । त्यसको व्याज समेत हिसाव गर्दा अझ धेरै हुने उहाँले जानकारी दिनुभयो ।

सरकारले गठन गरेको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयमा सहकारीका विरुद्धमा १२ हजार ९६२ उजुरी परेका थिए । सहकारीहरूले सात अर्ब ६० करोड ठगी भएको प्रतिवेदनमा उल्लेख गरिएको थियो । १० वर्षमा पनि समस्या समाधान नभएपछि पीडित नागरिक आन्दोलनमा होमिएका छन् ।

आफ्नो गुम्न लागेको रकम फिर्ता गराउन देशभरका झन्डै १४ हजार सहकारीका बचतकर्ता आन्दोलनमा सहभागी भएको प्रमुख संरक्षक केसीले जानकारी दिनुभयो ।

सहकारी पीडितले माइती घरमै हजारौँको उपस्थीतिमा विरोध प्रदर्शन, सिंहदरबार घेराउदेखि नयाँ बानेश्वरस्थित सहरकारी विभागमा ताला लगाउने लगायतका विरोधका कार्यक्रम पनि गरेका थिए । उनीहरुले अरु पनि थप कडा आन्दोलनको तयारी भइरहेको जानकारी दिएका छन् ।

Post a Comment

0 Comments