कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि जारी रहने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि जारी रहनेछ। मंगलबारदेखि सुरु भएको बैठकमा आज पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने कार्यसूची रहेको छ ।

पार्टी कार्यालय सानेपामा जारी बैठकमा प्रस्तुत १० वटा एजेण्डा र प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले धारणा राखिरहेका हुन्।

बैठक आज बिहान ११ बजे सुरु हुनेछ र प्रत्येक बोल्ने सदस्यलाई ७ मिनेटको समय निर्धारण गरिएको छ। सामाजिक सञ्जालमा बैठकको प्रत्यक्ष प्रशारण हुँदै आएको छ।

Post a Comment

0 Comments