जाजरकाेटमा भेरी नदीमा खसेर एक जना बेपत्ता

जाजरकाेट । जाजरकाेटमा भेरी नदीमा खसेर एक जना बेपत्ता भएका छन्। 

भारतबाट घर फर्किँदै गरेका भेरी नगरपालिका-७ पुन्माका अन्दाजी ४७ वर्षका  नरु चन्द  हिजाे बेलुका भेरी नदीमा खसेर बेपत्ता हुनुभएकाे हाे । 


शिवालय गाउँपालिका छेडाचाैर बजारबाट घर फर्कँदै गर्दा  छेडागाड नगरपालिका-१३ गारातारामा रहेकाे सुर्खेत-छिन्चु-जाजरकोट सडक खण्डबाट खसेर उहाँ नदीमा बेपत्ता हुनुभएकाे हाे । 

उहाँकाे खाेजी भइरहेकाे तर नदीकाे बहाव धेरै भएकाले खाेजी कार्यमा कठिनाइ भएकाे प्रहरीले जनाएकाे छ । 

Post a Comment

0 Comments