काठमाडौं । आजबाट चीनको एक हप्ते औपचारिक भ्रमण सुरु गर्नुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ राष्ट्रपति सी चिनफिङको औपचारिक भेट भएको छ ।
हाङ्चाउको स्टेट गेस्ट हाउसमा चिनियाँ समय अनुसार अपराह्न ४ः५० बजे भेट भएको हो । एसियाली खेलकुदको औपचारिक उद्घाटनको क्रममा सहभागी हुन आएका सिरिया, कुवेत, कम्बोडिया, पूर्वी टिमोर लगायतका सरकार तथा राष्ट्रप्रमुखहरुसँग साइडलाइन भेट गर्ने क्रममा सी र प्रचण्ड भेट भएको हो ।
भेटमा प्रचण्डले नेपाल चीन सम्बन्ध रणनीतिक तहमा पुगेको भन्दै एसियाली खेलकुदको व्यस्तता हुँदा पनि भेट गरेकोमा सीको तारिफ गर्नुभएको थियो । सीले सिरियाका राष्ट्रपति बसर अल असद र कुवेतका राजकुमार शेख मेसाल अल अहमद अल जबर अल सबसँग शुक्रवार भेट गरेका थिए ।प्रचण्डभन्दा अगाडि आजै सीले कम्बोडियाका राजा नरोदम सिहामोनी, पूर्वी टिमोरका प्रधानमन्त्री सानाना गुस्माओसग पनि भेट गरेका थिए। भेटमा दुई पक्षको हित र खेलकुद बारेमा छलफल भएको बताइएको छ ।
0 Comments