Lकाठमाडौं। नेपाली कांग्रेसका नेता डा शेखर कोइराला र कारागारमा रहेका नेता बालकृष्ण खाँणबिच भेट भएको छ । खाँडलाई भेट्न नेता कोइरालाले आज बिहान केन्द्रीय कारागार पुग्नु भएको थियो ।
कारागारका एक जना अधिकृतले दिएको जानकारी अनुसार आज विहान २ नेतबिच करिब आधा घण्टा बढी समय वार्ता भएको छ ।
पछिल्लो समय खाँण सभापति शेरबहादुर देउवासँग रुष्ट रहेकोले आफ्नो पक्षमा पार्न सके पार्टीको शक्ति सन्तुलनमा आफ्नो पकड बलियो बनाउन सकिने ध्येयले कोइरालाले खाँडसँग भेटवार्ता बाक्लो बनाउनु भएको देखिन्छ ।यसअघि भदौ १३ गते पनि कोइराला र खाणबीच आधा घण्टा कुराकानी भएको थियो। नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका पूर्व गृहमन्त्री खाण केन्द्रीय कारागारमा रहेका छन् ।
0 Comments