दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिकामा घरको सिँढीबाट लडेर ७० वर्षीया वृद्धाको ज्यान गएको छ ।
शुक्रवार आज बिहान नगरपालिकाको वडा ९ गाँजरी बस्ने ७० वर्षीया कलावती महरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
प्रहरी कार्यालय दार्चुलाका अनुसार आफ्नै घरको सिँढीबाट लडेर बेहोस भएकी महरको उपचारका क्रममा गोकुलेश्वर अस्पतालमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक बलेन्द्रनाथले जानकारी दिनुभएको छ ।
घटनाको बारेमा अनुसन्धान भइरहेकाे प्रहरीले जनाएको छ ।

0 Comments