प्रधानमन्त्री प्रचण्ड र इजरायलमा फसेका विद्यार्थीहरुबीच फोनसम्पर्क

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इजलरायलमा रहेका विद्यार्थीसँग संवाद गर्नुभएको छ ।

प्रधानमन्त्री प्रचण्डले सुदूरपश्चिम विश्वविद्यालयबाट गएका विद्यार्थीहरुमध्ये एक विपिन सुवेदीसँग भर्चुअल माध्यमबाट संवाद गर्नुभएको हो ।

संवादका क्रममा उहाँले आफूले निरन्तर अपडेट लिइरहेको र नेपालमा मन्त्रिपरिषददेखि सर्वदलीय बैठक बोलाएको बताउनुभयो।

विपिनले आफूहरुलाई छिटोभन्दा छिटो उद्धार गर्न आग्रह र्नुभएको थियो । जवाफमा प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘हामी सबै त्यसको तयारी गरिरहेका छौं ।’

Post a Comment

0 Comments