सल्यानमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, १६ जना घाइते

काठमाडौं। सल्यानमा यात्रुवाहक बस दुर्घटनामा परेको छ । दुर्घटनामा दुई जना यात्रुको घटनास्थलमै मृत्यु भएको छ भने १६ जना घाईते भएका छन्।

दाङको तुलसीपुरबाट सल्यानको छत्रेश्वरी गाउँपालिका झिम्पे जयचौर जाँदै गरेको ना ६ ख ५४६३ नम्बरको बस कपुरकोट गाउँपालिका–३ मुलपानी नजिकै दुर्घटनामा परेको हो।

दुर्घटनामा चालकसहित ५ जना गम्भीर घाइते भएका छन्। उनका अनुसार २ जना महिलाको घटनास्थलमै मृत्यु भएको र उनीहरूको सनाखत हुन बाँकी छ।

Post a Comment

0 Comments