कोशीका मुख्यमन्त्री कार्कीले १९ असोजमा विश्वासको मत लिने

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले आउँदो शुक्रबार प्रदेशसभाबाट विश्वास मत लिने तयारी गर्नुभएको छ । 

 
कार्यव्यवस्था परामर्श समितिको बैठकमा उहाँले १९ असोज शुक्रबार बस्ने प्रदेशसभा बैठकमा विश्वासको मतको प्रस्ताव गर्ने छलफल भएको छ । 
२२ भदौमा प्रदेशसभाको ठूलो दलको नेताको हैसियतमा सर्वोच्च अदालतको परमादेशबाट मुख्यमन्त्री नियुक्त भएका कार्कीले २० असोजभित्र विश्वासको मत लिइसक्नु पर्ने संवैधानिक बाध्यता छ । 
Previous Post Next Post