टेकमन बिष्ट, रोल्पा । सुनछहरी गाउँपालिकामा विद्यार्थी भर्ना अभियान कार्यक्रम सम्पन्न भएको छ । ''महिनाको एक दिन बिद्यालयमा वडा सरकार '' भन्ने मुल नाराका साथ सुनछहरी गाउँपालिका वडा नम्बर ५ थनबाङ रोल्पामा सम्पन्न भएको छ। शैक्षिक स्थिति सुधारको लागि आज सम्पुर्णको सहभागितामा सम्पन्न भएको हो ।
कार्यक्रम का प्रमुख अतिथि ५ नम्बर वडा अध्यक्ष देबिलाल रोका मगर को प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सुनछहरी गाउँपालिका ५ नम्बर वडा सदस्य तथा सुनछरी गाउँपालिका कार्यपालिका सदस्य अनिशा बिष्ट,पत्रका जुनिश कुमार बिष्ट,स्यमसेबिका लतिता बिष्ट लगाए सम्पुर्ण को सहभागिता रहेको थियो ।
कार्यक्रम मा बोल्दै प्रमुख अतिथि ले विद्यार्थी लाई भर्ना गर्ने मात्र हैन बिधालय मा गएर मेरो छोराछोरी को पढाई कस्तो छ,बिधालयमा नियमित उपस्थिति भएको छ कि छैनन् भनेर समय समयमा चेकजाँच गर्न बिधालयमा जानुपर्छ,अबका दिनमा हाम्रो समय समयमा हाम्रो वडा बात अनुगमन गर्न आउने छौँ ।


0 Comments