अखिल नेपाल ट्रेड युनियन महासंघले १३५ औँ मई दिवस लिवाङमा सम्पन्न

 नेकपा कम्युनिस्ट पार्टी माओवादी केन्द्रका निकट मोर्चा अखिल नेपाल टे««ड युनियन महासंघले  सामाजिक सुरक्षा सुनिश्चित र जीवन धान्ने यथेष्ट पारिश्रमिक सहित स्वदेशमा नै श्रम गर्ने प्रोत्साहन गरौँ । आउट सोर्सिङ –ठेकेदार प्रथा र श्रम ऐनका मजदुर विरोधी दफाहरू खोरजीको माग गरौ भन्ने मुल नाराका  साथ १३५ औँ  मई दिवस भव्य रूपमा  बुधबार लिवाङ मा सम्पन्न भएको छ।

अखिल नेपाल टे««ड युनियन महासंघ रोल्पाका सचिव खुमा पुन को अध्यक्षतामा भएको कार्यक्रममा  प्रमुख अतिथि अखिल नेपाल टे«ड युनियन महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष तथा रोल्पा जिल्ला इन्चाज पवित्रा पुन ले हामी सबै मजदुरहरूले आफ्नो हकअधिकार लिनको लागि सबैले  गोलबन्द हुन आवश्यक रहेको बताउनुभएको थियो । कार्यक्रममा विशिष्ट अतिथी नेकपा कम्युनिस्ट पार्टी माओवादी केन्द्र रोल्पाका पार्टी सचिव पुर्ण बहादुर वली , नेकपा कम्युनिस्ट पार्टी माओवादी पार्टी नगर अध्यक्ष फविन्द्र आचार्य,लगाएत समाजसेवी व्यापारी कर्मचारी पत्रकार,साहित्यकार,कलाकार,लगायतको उपस्थिती रहेको थियो। 

काय्र्रक्रम सन्चालन टे«ड यूनियन महासंघ रोल्पाका सदस्य खुम बहादुर सुनारले गर्नुभएको थियो


Post a Comment

0 Comments