दिपक पुन, रोल्पा । नेशनल रिपब्लिक नेपाल एन.आर.एन को अन्तरक्रिया कार्यक्रम मंगलबार एक कार्यक्रम बिच सुलिचौरमा सम्पन्न भएको छ ।
नेशनल रिपब्लिक नेपाल एन.आर.एन लुम्बिनी प्रान्तीय कमिटी का अध्यक्ष लक्षमन गाहा लखनको अध्यक्षतामा भएको कार्यक्रममा नेशनल रिपब्लिक नेपाल एन.आर.एन का प्रेसिडेन्ट थमन बुढा मगरको प्रमुख आतिथ्यता रहेको थियो ।
उहाँले रोल्पामा स्थानिय तहमा अब छिट्टै संगठन निर्माण गरिने केही स्थानीय तहमा गरिएको केही स्थानीय तहमा संगठन निर्माण् गर्न बाकी रहेको साथै रोल्पाको विकासमा अबको बिकल्प नेशनल रिपब्लिक नेपाल (एन.आर.एन)मात्र आबश्यक रहेको पनि दाबी गर्नुभएको थियो अहिलेको परिवेशमा देशमा विकराल संकट रहेको र जति पनि नेतालाई जिताए पनी क्षमताको आधारमा नेतृव नदिएको र हाम्रो पार्टीले मात्र युवा र क्षमताको आधारमा जिम्मेबारी दिने बुढामगरले बताउनु भएको थियो ।
त्यसै गरी बिशिस्ट अतिथिमा नेशनल रिपब्लिक नेपाल एन.आर.एन का केन्द्रिय सदस्य मन बहादुर पुन , अतिथिहरुमा केन्द्रिय सदस्य जितन पुन,केन्द्रिय सदस्य अनिसरा पुन साथै लुम्बिनी प्रदेशका सदस्य बिरेन्द्र घर्तीमगर लगाएतको उपस्थिति रहेको आयोजकले जानकारी दिनु भएको थियो ।
साथै नेशनल रिपब्लिक नेपाल एन.आर.एनले पालिकाका संयोजक पनि जिम्मेबारी दिएको पनि बताईएको छ ।
सुनछहरी गाउँपालिकाका मनिराम बि.क, लुङ्ग्री गाउपालिकाका झगलाल सिरपाली , र सुनिलस्मृती गाउपालिकाका टेक बहादुर घर्ती मगर लगाएतलाई जिम्मेबारी दिएको नेशनल रिपब्लिक नेपाल एन.आर.एन का केन्द्रिय सदस्य मन बहादुर पुन जानकारी दिनुभएको थियो । उक्त कार्यक्रम संचालन स्याम राणा मगरले गर्नुभएको थियो ।


0 Comments