बेथेल मण्डली रोल्पा सुलिचौरको १७औं बार्षिक उत्सब सम्पन्न

दिपक पुन बैशाख, रोल्पा । बेथेल मण्डली  सुलिचौरको १७औं  बार्षिक उत्सब सम्पन्न भएको छ । बेथेल मण्डली  सुलिचौरको आयोजनामा  सोमबार भब्य रुपले मनाईएको आयोजकले  जानकारी दिएको थियो ।  

कार्यक्रममा प्रमुख बक्ता बेथेल मण्डली रोल्पाका संस्थापक पास्टर साथै ए.जि.एफ.एन नेपालका केन्द्रीय सदस्य प्रसाद बुढा मगरले बेथेल मण्डली सुलिचौरको इतिहासको बारेमा, मण्डलीको नियम र ब्यबस्थापनबारेमा बोल्नु भएको थियो।पबित्र धर्मशास्त्र बाइबलको वचन हाग्गैको पुस्तक २ः४,५,८,९को बचन र हिब्रू को १३ः५–९ द्वारा प्रवचन दिनुभएको थियो।

त्यसैगरी ए.जि.एफ.एन नेपालका प्रदेस सदस्य साथै लुङ्ग्री गाउपालिका सिर्प सिमिगिठा रोल्पाका पास्टर नवलसिङ घर्ती,बेथेल मण्डली सुनिलस्मृती गाउपालिका २ खुङ्ग्रीका पास्टर बामदेब भारती,घोराही उपमहानगरपालिका दाङ बेथेल मण्डली दाङका पास्टर लालबहादुर घर्ती मगर (अर्पण)  बेथेल मण्डली रोल्पा ऐपे का पाष्टर बिशाल घर्ती मगर बेथेल मण्डली अरेस रोल्पाका अगुवा सीता सुनार लगाएतले पनि पबित्र धर्मशास्त्र  बाइबलको बचन बाड्नु भएको थियो भने लुम्बिनी प्रदेशकी बालसङ्गतीका प्रशिक्षिका दिल कुमारी बुढा मगरले बाल संगतीको शिक्षक किन निर्माण गर्ने? बाल संगति किन महत्त्वपूर्ण छ?किन बाल संगति गर्ने?लगाएतको महत्त्वपूर्ण   कुरा बोल्नु भएको थियो।

कार्यक्रममा  बेथेल मण्डली रोल्पा सुलिचौरकी सदस्य अस्मिता पुन मगरले मण्डलीको बार्षिक आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो।

उक्त कार्यक्रममा लोकप्रीय गित (भजन)सुसमाचार सालैजोका गितकार तथा संगीतकार  दिपक पुन, गायक मनकुमार बुढा मगरले आफ्नो प्रस्तुति राख्नुभएको थियो भने बेथेल मण्डली सुलिचौर रोल्पाका भाइ बहिनिहरुले नृत्य समेत प्रस्तुत गरेका थिए।कार्यक्रम संचालन बेथेल मण्डली सुलिचौर रोल्पाका पास्टर नवचन्द्र पुन मगरले गर्नुभएको थियो ।

Post a Comment

0 Comments