रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिकामा देवी मन्दिर माध्यमिक विद्यालय पोबाङमा आज (सोमबारं)चट्याङ पर्दा एकजना विद्यार्थी घाइते भएका छन । विद्यालयको कक्षा (६ मा अध्ययनरत १२ बर्षिय पुना खत्री घाइते भएका हुन। उनलाई पोबाङ स्वास्थ्य चौकिमा सामान्य उपचार पछि थप उपचारका लागि डिस्चार्ज गरिएको छ । घाइतेको अबस्था अहिले सामन्य रहेको छ।
यस्तै हावाहुरी सहित परेको भीषण बर्षाले विद्यालयको परिसरमा बाढी पस्दा कक्षाकोठाहरुमा ठुलो क्षति पुर्याएकोछ। विद्यालयमा निर्माणको कार्य पनि सन्चालन भैरहेकोले निर्माणका लागि ल्याईएका सामाग्रीहरु बगाएर लगेको छ बिद्यालयका प्रधानाध्यापक जंग बहादुर पुनले जानकारी दिनुभएको छ ।
0 Comments