दिपक पुन,रोल्पा । छोटो नेपाली फिल्म माईला दाई यही जेष्ठ १० गते अर्थात बुद्ध जयन्ती साथै बैशाख पूर्णिमाको अवसर पारेर औपचारिक रुपमा विहीबार बेलुकी ७ः००बजे सार्बजनिक हुने भएको छ ।
सुनिलस्मृति गाउँपालीका २ हिले निबासी बिद्यालय नजिकै घर भई वुवा कर्ने गिरी र आमा लली गिरीको जेठो छोरा लालचन्द्र गिरी (चन्द्र जि)को माईला दाई पहीलो छोटो नेपाली चलचित्र हो ।
गाउँको परिवेशमा कथावस्तु समेटिएको उक्त चलचित्रमा निर्माता लालचन्द्र गिरी (चन्द्र जि),को रहेको छ भने कथा लेखन तथा निर्देशन साथै छायाङ्कन नारायण दहीतको रहेको छ ।
चलचित्रमा नायक लालचन्द्र गिरी (चन्द्र जि)नायिका लुमा पुन, को मख्य भुमीका रहेको छ भने अन्य पात्रहरुको रुपमा टङ्के गिरी,सरस्वती गिरी,अनिल गिरी लगाएत अन्य कलाकारहरु समाबेस गरिएका छन् ।उक्त चलचित्रमा मिडिया पार्टनरको भुमीकामा कुसुम थापा,सुहाना थारु,नारायण दहीत,थारु म्युजिक,चन्द्र जि, घुम्फिर मिडियाको साथ रहेको छ ।
https://m.youtube.com/@ASHD-cr9hw
चलचित्र माईला दाई रोल्पा जिल्लाको सुनिलस्मृती गाउँपालीकाको गोगनपानी,धारा,कुवाधारा,दडेरी,लुङग्री खोला,सुलीचौर, रोल्पा नगरपालीकाको हलहले बाँजो,सुलिचौरको रुईनीबाङ लगाएत बिभिन्न ठाउँमा छायाङ्कन गरिएको छ । माईला दाई चलचीत्रलाई बिभिन्न ठाउँमा प्रोजेक्टर माध्यमबाट पनी देखाउने र केही दिनभित्र रुमाल २० युटुबबाट सार्बजनीक गरिने चलचीत्रका निर्माता लालचन्द्र गिरी (चन्द्र जि)ले जानकारी दिनुभएको छ ।
सम्पर्कको लागी मोबाईल नम्बर लालचन्द्र गिरी (चन्द्र जि)९८६५२७०७१८
सम्पर्कको लागी मोबाईल नम्बर नारायन दहीत ९७४८७१४९०२

0 Comments