आगलागी पीडितहरुका लागि निःशुल्क स्वास्थ्य उपचार

योगेन्द्र अनुपम जि.सी, रोल्पा । सुनिलस्मृति गाउँपालिका र लुङ्ग्री गाउँपालिकाका आगलागी पीडितहरुका लागि निःशुल्क स्वास्थ्य उपचार हुने भएको छ ।


सुशिल कोइराला स्मृति प्रतिष्ठान रोल्पाले लुङ्ग्री गाउँपालिका १ पाङ, रिरिप र सुनिलस्मृति गाउँपालिकाको २ खुङ्ग्रीका आगलागी पीडितहरुका लागि निःशुल्क स्वास्थ्य उपचारको लागि हस्पिटल संग सम्झौता गरेको छ ।

सुशिल कोइराला स्मृति प्रतिष्ठान रोल्पा र एडमन्ड सिटी हस्पिटल वुटवल बीच एक वर्षसम्मको लागि आगलागी पीडितहरुलाई उपचार गर्ने सम्झौता भएको हो ।

आगलागी पीडितहरुले सम्झौता अनुसार एक वर्षसम्म एडमन्ड सिटी हस्पिटल वुटवलबाट औषधी बाहेकका सम्पुर्ण स्वास्थ्य सेवाहरु निःशुल्क प्राप्त गर्ने सुशिल कोइराला स्मृति प्रतिष्ठान रोल्पाका अध्यक्ष योगेन्द्र अनुपम जि. सि. जानकारी दिनुभएको छ ।



Post a Comment

0 Comments