प्यूठानमा यात्रुबाहक बस दुर्घटना

सन्तोष सुनार प्यूठान  । प्यूठानमा यात्रुबाहक  बस दुर्घटना भएको  छ ।  शुक्रबार  कृष्णनगरबाट  धार्मिकस्थल स्वर्गद्वारी मन्दिर दर्शन गर्न आउने भारतिय तिर्थयात्री लिएर भिंग्री आउदै गरेको  लु १ ख ७०९४ नम्बरको बस सरुमारानी गाउपालिका ४ कुडुलेमा दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय प्यूठानका  प्रहरी सायक निरिक्षक  राजेन्द्र कुमार चौधरीले जानकारी दिए । 

बस दुर्घटना  ट्रकलाई साइड दिदा ब्रेक नलागेर  नालामा खसी दुर्घटना भएको प्रहरी सायक निरिक्षक चौधरीले बताए ।  बसमा रहेका ३५ जना यात्रुहरु भने सामान्य रहेका छन । उक्त घटना दिेउसो ३ः३० बजे घटेको हो । बसलाई  ट्राफिक प्रहरी , स्थानीय तथा यात्रुहरु मिलेर निकाल्न लागेको जिल्ला ट्राफिक प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।


Post a Comment

0 Comments