आई.सि.टि ईन्स्टिच्युटको बिधाई कार्यक्रम सम्पन्न

ईश्वरी पुन, जेठ ३२ रोल्पा । रोल्पाको लिबाङ्स्थित उद्योग वाणिज्य संघको हलमा शुक्रबार आई.सि.टि ईन्स्टिच्युटको बिधाई कार्यक्रम सम्पन्न भएको छ।

राइटस्टेप एजुकेसन  र आई.सि.टी कम्प्युटर ईन्स्टिच्युट को सहकार्यमा भएको १८ महिने कम्प्युटर अपरेटर को पाचौ ब्याजको विद्यार्थीहरुलाई छैटौं  ब्याजका विद्यार्थीहरुले एक कार्यक्रमका साथ  बिधाई गरेका हुन ।

आई.सिटि.का छात्र सक्षम पुनको सभाअध्यक्षमा भएको कार्यक्रममा रेडियो जलजलाका कार्यक्रम प्रमुख दिपक पुन को  प्रमुख आतिथ्यता रहेको थियो। पुनले बिदाई कार्यक्रममा बिदाई भएर गएका भाईबहिनिहरुलाई अल्छे हातहरूले मानिसलाई कङ्गाल तुल्याउँछन्, तर लगनशील हातहरूले सम्पत्ति आर्जन गर्छन्। 


भन्ने भनाई संगै सधैं असल यात्रामा निरन्तर अगाडि बढ्न प्रेरणा दिनुभएको थियो साथै नयाँ ब्याजका भाईबहिनिले यस्तो खालको कार्यक्रम राखेकोमा बधाई दिदै आगामी दिनमा  कार्यक्रमलाई निरन्तरता दिनको लागि पनि प्रोत्साहन दिनु भएको थियो। मन्तव्य राख्ने क्रममाआई.सि.टि कम्प्युटर ईन्स्टिच्युटकाअध्यक्ष पदम शाहीले खरायो र कछुवाको कथाद्वारा मन्तव्य राख्दै हामी खरायो जस्तो दगुरेर पुग्नु भन्दा कछुवा जस्तो ढिलो हिड्ने तर असल गन्तव्यमा पुग्ने बताउनु भएको थियो । 

आई.सि.टि का कार्यकारी निर्देशक सन्तोष  बुढा मगले पनि महत्त्वपूर्ण भनाई संगै बिढाई भएका भाइ बहिनिलाई सधैं असल र सफल बाटोमा हिड्न आग्रह गर्नुभएको थियो,  उक्त कार्यक्रममा दिलिप डागि,तोपेन्द्र जि.एम को बिशिस्ट आतिथ्यता रहेको थियो भने अतिथिहरुमा आई.सि.टि कम्प्युटर ईन्स्टिच्युटकाअध्यक्ष पदम शाही , आई.सि.टि कम्प्युटर ईन्स्टिच्युटका ब्यबस्थापक टोपेन्द्र जि.एम)

आई.सि.टि कम्प्युटर ईन्स्टिच्युटका आई.टि इन्जिनियर टोपेन्द्र बुढा मगर,कार्यकारी निर्देशक सन्तोष  बुढा मगर,  रेडियो रोल्पाका भरत वली,दीया बुढा मगर, इश्वरी पुन लगाएतको उपस्थित रहेको थियो।

कार्यक्रममा आई.सि टि का कार्यकारी निर्देशक सन्तोष बुढा मगरलाई उत्कृष्ट कर्मचारी अवार्ड तथा प्रमाणपत्र दिइएको थियो भने ४ जना विद्यार्थीलाई पनि उत्कृष्ट अवार्ड र प्रमाणपत्र प्रदान गरिएको कार्यक्रमको सन्चालन कार्यक्रम सन्चालन हस्तबिर पुनले गर्नुभएको थियो ।

Post a Comment

0 Comments