सोमबार सार्वजनिक बिदा दिने

काठमाण्डौ, ३२ जेठ ।  सरकारले असार ३ गते सोमवार सार्वजनिक बिदा दिने भएको छ । बक्र ईद (उल–अजहा) का अवसरमा सरकारले सोमवार सार्वजनिक बिदा दिएको हो ।

२०८० माघ २९ गते राजपत्रमा प्रकाशित सूचनाअनुसार असार ३ गते सोमवार सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयका सहसचिव एवम् प्रवक्ता नारायणप्रसाद भट्टराईले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

Post a Comment

0 Comments