चट्याङ लागेर तुलसीपुरमा एक घाइते

तुलसीपुर, १५ असार । दाङमा चट्याङ्ले लाग्दा एक ब्यक्ती घाइते भएका छन् ।

शुक्रबार साँझ साढे ८ बजेतिर तुलसीपुर १९ छिलिकोट निवासी ३६ बर्षीय दुर्गा बहादुर विकको दुई तले घरमा चट्याङ्गले हान्दा घर धनी विक घाइते भएका हुन् । उनको शरिरको बाँयाँतिरको भागमा टोल लागेको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार विकको बाँया तिरको भाग नचल्न भएको छ । उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।

Post a Comment

0 Comments