आर.एन नेटवर्क, १५ असार । स्याङ्जामा पहिरोले घर पुर्दा आमाछोरीको मृत्यु भएको छ । फेदीखोला गाउँपालिका-५ मा गएराति साढे ११ बजे आएको पहिरोले घर पुरिँदा ३१ वर्षिया दुर्गा जिटी र छोरी ३ वर्षीया निकिसाको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालयका डीएसपी इन्द्र बहादुर राणाका अनुसार राति सुतिरहेको बेला घरभन्दा २५ मिटर माथिबाट खसेको पहिरो उनीहरुलाई पुरेको थियो । पहिरोमा पुरिएर एक भैँसी पनि मरेको डिएसपी राणाले जानकारी दिए।
0 Comments