जाजरकोटमा खोलामा माछा मार्न गएका शिक्षकको मृत्यु

 काठमाडौं । जाजरकोटको कुशे गाउँपालिका–१, तारेचौर नजिक खोलामा माछा मार्न गएका एकजनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् । घाइतेको उद्धार भएको छ ।

शनिबार राति खोलामा माछा मारिरहेका बेला आएको बाढीले बगाउँदा कुशे गाउँपालिका–९ का इन्द्रबहादुर रोकायको मृत्यु भएको गाउँपालिकाका उपाध्यक्ष देविका सिंहले जानकारी दिनुभयो ।

मृतक रोकाय सोही पालिकाको मालटाकुरा माध्यमिक विद्यालयका शिक्षक हुनुहुन्थयो ।

यस्तै बाढीमा परी कुशे–४ तम्तीका राजेन्द्रबहादुर शाही, खिमबहादुर शाही, पृथ्वीबहादुर शाही, जीवन जैसी, कुशे –१ तारेचौरका गोविन्द रावत र दीपेन्द्रबहादुर चलाउने घाइते भएको उपाध्यक्ष सिंहले जानकारी दिनुभयो ।

Previous Post Next Post