आर.एन नेटवर्क, भदौ १८ रोल्पा । राष्ट्रियता र जनजिविकासँग जोडिएका विभिन्न मुद्धाहरुको सम्बोधन गर्न माग गर्दै राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । राष्ट्रिय जनमोर्चा प्यूठानले मङ्गलबार जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई २१ बुँदे ज्ञापन पत्र बुझाएको हो ।
मुलुकमा स्थापित गणतन्त्रमाथी विभिन्न कोणबाट खतरा भइरहेको भन्दै मुलुकलाई प्रतिगामी दिशामा लैजान षडयन्त्र भइरहेकोले सरकारलाई सचेत हुन आग्रह गरिएको छ । संघीयताले मुलुकमा अनावश्यक व्ययभार थपेको र राष्ट्र र जनतालाई कुनै उपलब्धी नभएको भन्दै संघीयता खारेजीको माग गरेको छ ।
![]() |
| साहरा खबर |
त्यसैगरी, बाग्दुला–भिमगिठे सडक निर्माणमा ध्यान दिन, जिल्लामा यातायातको भाडादर लागु गर्न, सव–स्टेशन सञ्चालन गर्न, प्युठान कारागार भवन निर्माण गर्न लगायतका विषय सहित केन्द्रीय सदस्य कृष्ण बहादुर खड्का नेतृत्वले ज्ञापन पत्र बुझाएको हो ।
राष्ट्रिय जनमोर्चा प्यूठानका अध्यक्ष ज्ञामुराम न्यौपानेले पार्टीले भाद्र महिनाभर विभिन्न राजनीतिक अभियान सञ्चालन गर्दै आएको बताउँदै सोही कार्यक्रम अन्र्तगत ज्ञापन पत्र बुझाएको जानकारी दिनुभयो । देशका विभिन्न समस्याबारे ध्यानाकर्षण गराउँदै समस्या समाधानका लागि घचघच्याउन ज्ञापन पत्र बुझाइएको अध्यक्ष न्यौपानेक्को भनाई छ ।

0 Comments