आर.एन नेटवर्क, माघ २५ रोल्पा । बोलेरो जीप दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । माडी गाउँपालिका देखि दाङ तर्फ जादै गरेको लु १ च ९४०६ नम्बरको बोलेरो गाडी त्रिवेणी गाउँपालिका ७ नन्दिखोला भन्ने स्थानमा दुर्घटना परेको रोल्पा प्रहरीका प्रहरी निरीक्षक बिजय चापागाईंले जानकारी दिनुभयो ।
दुर्घटनामा परेर एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। गाडीमा ५ जना सवार रहेकोमा २ जना बच्चा घाइते भएको र चालक सहित १ जना सकुशल रहेका छन् । गाडीमा सवारको पहिचान हुन बाकी रहेको प्रहरीले जनाएको छ ।