प्युठानका युवक गुल्मीमा मृत भेटिए

आर.एन नेटवर्क, फागुन २८  रोल्पा  । गुल्मी जिल्लाको मदाने गाउँपालिका ४ झाँक्री सल्ला स्थित ढोरपाटन सडक खण्डदेखि करिब ३०० मिटर तल खरबारीको गोरेटो बाटोमा एक युवक मृत अवस्थामा फेला परेका थिए।

इलाका प्रहरी कार्यालय इ प्र का पुर्कोट दह गुल्मीलाई २०८१ साल फागुन २७ गते राति ९:३० बजे उक्त घटनाको जानकारी भएपछि उक्त प्रहरी निरीक्षक दीपक केसीको कमाण्डमा टोली घटनास्थलमा खटिएको थियो ।

घटना अनुसंधान पछि मृतक को पहीचान खुलेको छ। उनी प्युठान झिम्रुक गाउँपालिका वडा नं २ का निवासी २५ वर्षीय प्रकाश सामत रहेको पुष्टि भएको छ। मृतकका भाइ १८ वर्षीय सुरेश सामतले फागुन २८ गते बिहान जिल्ला प्रहरी कार्यालय गुल्मीमा गएर मृतकको पहिचान गरेका हुन् । प्रकाश सामत २०८१ साल फागुन १४ गते रातिदेखि सम्पर्कविहीन भएको परिवारले जनाएको छ।

Post a Comment

0 Comments