सभ्य तवरले होली खेल्न जिल्ला प्रशासन रोल्पाको आग्रह

आर.एन नेटवर्क, फागुन २८  रोल्पा  । जिल्ला प्रशासन कार्यालय रोल्पाले सभ्य र सुरक्षित तवरले होली मनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ । जिल्ला प्रशासन कार्यालय रोल्पाले होली पर्वलाई सभ्य, शिष्ट, स्वस्थ्यकर र मर्यादित तवरले मनाउन आग्रह गरेको छ । 


होलीको नाममा उच्छृङ्खल क्रियाकलाप नगर्न चेतावनी दिँदै प्रहरीले सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सचेत गराएको छ । त्यस्तै, आत्मिय रुपमा नजिकका व्यक्ति वा आफन्तसँग मात्र होली खेल्न, अपरिचित व्यक्तिहरुको समूहमा नखेल्न र अशक्त, महिला, बालबालिका, ज्येष्ठ नागरिकलाई दुव्र्यवहार नगर्न जिल्ला प्रशासन कार्यालय रोल्पाले जनाएको छ ।

कसैको इच्छाविपरीत रंग, लोला, मोबिल, मोसो, केमिकल र फोहोर पानी नलगाउन तथा नफाल्न वा छाला, आँखामा असर गर्ने केमिकल रंगको प्रयोग नगर्न पनि सर्तक गराइएको छ । ‘महंगा गरगहना लगाई होली खेल्ने ठाउँमा नजाऔं,’ प्रहरीले भनेको छ, ‘भीडभाड हुने स्थानमा पकेटमारी, लुटपाट तथा स्न्याचिङजस्ता घटनाहरु हुने सम्भावना बढी हुने हुँदा सचेत रहनुहोला ।’


मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी सवारीसाधन नचलाउन र ट्राफिक नियमको पूर्ण रुपमा पालना गरी सवारी दुर्घटनामा बच्न र अरुलाई पनि बचाउन प्रहरीले अनुरोध गरेको छ । 



Post a Comment

0 Comments